+

बडी बिल्डिङका २८ प्रशिक्षक तयार

२०८१ जेठ  १३ गते ८:२६ २०८१ जेठ १३ गते ८:२६
बडी बिल्डिङका २८ प्रशिक्षक तयार

१३ जेठ, काठमाडौं । नेपाल बडिबिल्डिङ एन्ड फिटनेस महासंघले दिएको प्रशिक्षक प्रशिक्षणपछि बडी बिल्डिङका २८ प्रशिक्षक तयार भएका छन् । प्रशिक्षणमा उत्तीर्ण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’ का रूपमा काम गर्न सक्नेछन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठले सफल प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे । प्रशिक्षक प्रशिक्षण जेठ १ देखि १२ गतेसम्म सञ्चालन भएको थियो ।

काठमाडौंमा बडिबिल्डिङको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको यो चौथो पटक हो । पूरा देशमा भने यस्तो कार्यक्रम भएको यो आठौं पल्ट हो ।

नेपाल बडिबिल्डिङ एन्ड फिटनेस महासंघ बडी बिल्डिङ प्रशिक्षक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय