+

क्यानको वार्षिक बजेट ६९ करोड ५० लाख !

२०८१ असोज  १२ गते ९:४३ २०८१ असोज १२ गते ९:४३
क्यानको वार्षिक बजेट ६९ करोड ५० लाख !

१२ असोज, काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ आर्थिक अनुमानित वार्षिक बजेट ६९ करोड ५० लाख रुपैयाँ पारित गरेको छ ।

पोखरामा सम्पन्न क्यानको वार्षिक साधरण सभाले उक्त अनुमानित बजेट प्रस्तुत गरेको हो । क्यानको आगमी आर्थिक वर्षको बजेट ६९ करोड, ५० लाख, ५३ हजार, ४ सय ४१ रुपैयाँ १३ पैसा रहने जनाएकोछ ।

उक्त पैसा क्यानले अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी), राष्टिय खेलकुद परिषद् (राखेप), टिकट, प्रायोजक, क्रिकेट मैदान भाडामा, बोडकाष्ट, मर्चेन्डाएजिङ लगायत विभिन्न क्षेत्रबाट पुर्ति गर्ने जनाएको छ ।

क्यानलाई आसीसीले वार्षिक २४ करोड ५५ लाख २० हजार प्रदान गर्नेछ । क्यानलाई आईसीसीले एसीसीबाट सोधभर्ना अनुदान ९३, २९१, ८५० रहने अनुमान गरेको छ । त्यस्तै एसीसीले ३९,६००, ००० अनुदान दिनेछ ।

उक्त बजेटबाट क्यानले मुख्य प्रशिक्षक, प्रादेशिक प्रशिक्षक, मैदान कर्माचारी, क्युरेटर, कार्यालय, खेलाडीलाई प्रदान गर्ने पुरस्कार, क्यानको बैठक र सभा लगायतमा झण्डै २२ करोड खर्च हुने अनुमान पनि गरेको छ । ग्रास रुट, घरेलु प्रतियोगिता र नेपालको खेलमा खर्च गर्नेछ ।

 

नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०