विश्पकप छनोट : फ्रान्स बराबरीमा रोकियो
![२०७८ भदौ २० गते ८:१६](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![विश्पकप छनोट : फ्रान्स बराबरीमा रोकियो](https://www.onlinekhabar.com/wp-content/uploads/2021/09/F-v-U-maikolo.jpg)
२० भदौ, काठमाडौं । विश्व विजेता फ्रान्सले फिफा विश्वकप छनोटमा लगातार दोस्रो बराबरी खेलेको छ ।
युरोपेली छनोटअन्तर्गत शनिबार राति भएको खेलेमा फ्रान्स र युक्रेनले १-१ को बराबरी खेले । यसअघि फ्रान्सले बोस्निया एण्ड हर्जगोभिनासँग पनि बराबरी खेलेको थियो ।
घरेलु मैदानमा भएको खेलको ४४औं मिनेटमा माइकोलो सापारेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए ।
फ्रान्सका लागि एन्टोनी मार्सियलले ५०औं मिनेटमा बराबरी गोल फर्काए ।
यसअघि फ्रान्समा भएको खेलमा पनि यी दुई टोलीले बराबरी खेलेका थिए ।
समग्रमा फ्रान्सले तीन बराबरी खेलेको छ । पाँच खेलबाट ९ अंक जोडेको फ्रान्स समूह डीको शीर्ष स्थानमा छ । समान खेलबाट ५ अंकसहित युक्रेन तेस्रो स्थानमा छ ।
प्रतिक्रिया 4