यो पनि पढ्नुहोस
क्रिकेट प्रशिक्षक पुबुदु प्रदर्शनमा खुसी, जित्न नसकेकोमा दु:खी
![२०७८ चैत ११ गते १७:४८](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![क्रिकेट प्रशिक्षक पुबुदु प्रदर्शनमा खुसी, जित्न नसकेकोमा दु:खी](https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/Rohit-Kumar-Paudel-and-Aarif-Sheikh-1.jpg)
११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दसानायकेले पपुवा न्यूगिनी पीएनजी सँगको प्रदर्शनले खुसी भए पनि खेल जित्न नसकेकोमा दुख लागेको बताएका छन् ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग ६ विकेटले हारेपछि पत्रकारसँग कुरा गर्दै पुवुदुले भने खेल जित्न नसकेकोमा दुखी छु । ‘समग्रमा मैंले जे हेरिरहेको छु, दुई खेलमा त्यसमा म खुशी छु,’ उनले भने, ‘एक शतक भयो, अर्को शतक साझेदारी, यो प्रदर्शनबाट भने म खुशी छु ।’
टिमका युवा खेलाडी सिकाइ र अनुभव बटुल्ने प्रक्रियामा रहेको भन्दै उनले टिममा सन्तोष गर्ने ठाउँ रहेको बताए ।
उनले पीएनजीसँगके हारको कारण अतिरिक्त रन नै भएको बताए । नेपालले पीएनजीलाई ४ बाई, ५ लेग बाई, १ नोबल र १० वाइड रन दिएको थियो ।
प्रतिक्रिया 4