+
+

दोश्रो बिहे गरेको २ महिनापछि बल्ल सार्वजनिक भए महेश र मिनाक्षी

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १५ गते १०:१०

म्यूजिक भिडियो निर्देशन गरेर चर्चामा आउँदै गरेकी मिनाक्षी कोइरालासँग सुटुक्क बिहे गरेपछि संगीतकार महेश खड्का गुपचुप नै थिए । उनले मिनाक्षीलाई दोश्रो श्रीमतीको रुपमा घर भित्राएका हुन् ।mahesh-and-minaxiकरिब ५ बर्ष लामो प्रेमसम्बन्धलाई महेश र मिनाक्षीले विजयादशमीमा बिहेमा परिणत गरेका थिए । यसपछि काठमाण्डौको बानियाँटारमा रहँदै आएका उनीहरु बाहिर देखिएका थिएनन् । तर महेशले बिहे गरे पश्चात दुइजनाको तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

पहिलो श्रीमतीसँग सम्बन्ध बिगि्रएपछि महेशको मन मिनाक्षी तर्फ गएको वुझिन्छ । १ छोरा र श्रीमतीलाई घरमै छोडेर महेशले दोश्रो बिहे गरेका थिए । मिनाक्षीसँग दोश्रो बिहे गरेपछि महेशको बारेमा आलोचना पनि हुँदै आएको छ । कतिपयले दुइको मन मिलेपछि कसको के लाग्छ र भन्ने खालका प्रतिक्रिया पनि दिएका छन् ।

मिनाक्षीको परिवारले पनि यि दुइलाई स्विकारी सकेको वुझिएको छ । सबैतिरबाट राम्रो भएपछि महेशले दुई जनाको फोटो सार्वजनिक गरेको अड्कल काँट्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?