+

म्यानचेष्टर डर्बी भिडन्तमा सिटी विजयी

२०७१ कात्तिक  १६ गते २१:१३ २०७१ कात्तिक १६ गते २१:१३
म्यानचेष्टर डर्बी भिडन्तमा सिटी विजयी

Sergio-Aguero

१६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगको म्यानचेष्टर डर्बी भिडन्तमा सिटीले बाजी मारेको छ । आइतबार राति भएको खेलमा सिटीले १० खेलाडीमा सिमित म्यानचेष्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा एग्युरोले पहिलो हाफमा दुई मौका खेल फालेका थिए । तर, ३९ औं मिनेटमा क्रिस स्मालिङ रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भयो ।

खेलको ६३ औं मिनेटमा एग्युरोले गोल गरे । उनले क्लिसीको पासमा वनटच गोल गरेका हुन् । खेलमा थप गोल हुन सकेन र सिटी विजयी भयो ।

जितपछि पनि सिटी लिग लिडर चेल्सीभन्दा ६ अंकले पछि रहेर तेस्रो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय