+

विराट गोल्डकप आयोजक समितिमा राउत

२०७१ कात्तिक  १८ गते १४:४९ २०७१ कात्तिक १८ गते १४:४९
विराट गोल्डकप आयोजक समितिमा राउत

१८ कात्तिक, विराटनगर । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत विराट गोल्डकप आयोजक समितिको अध्यक्षमा चयन भएका छन् ।

विराट गोल्डकप ट्रष्टको साधारणसभाले आगामी माघ महिनामा हुने गोल्डकप तयारीका लागि राउतलाई अध्यक्षमा चुनेको हो ।

उनी विराट गोल्डकप ट्रष्टका कोषाध्यक्ष समेत हुन् ।

गोल्डकपको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएपनि गत वर्ष आयोजकबीचको विवादका कारण गोल्डकपको दोश्रो संस्करण स्थगित गरिएको थियो ।

२०१८ सालदेखि सुरु भएको गोल्ड कपको गौरवलाई बचाई राख्न आफूले आयोजक समितिको अध्यक्षको जिम्मेवारी लिएको राउतले बताए  । विराटनगरमा हुदै आएको फुटबल प्रतियोगितामा सबैभन्दा धेरै धनराशीको प्रतियोगिताको रुपमा गोल्डकपलाई लिइन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय