+

यू-१९ महिला राष्ट्रिय क्रिकेट शुक्रबारबाट

२०७१ कात्तिक  २७ गते १९:४७ २०७१ कात्तिक २७ गते १९:४७
यू-१९ महिला राष्ट्रिय क्रिकेट शुक्रबारबाट

२७ कात्तिक, काठमाडौं । यू-१९ महिला राष्ट्रिय क्रिकेट शुक्रबारबाट सुरु हुँदैछ । सीजी फुड्स नेपालको प्रायोजनामा मंसिर ६ गतेसम्म हुने प्रतियोगितामा नौं क्षेत्रीय टीमको सहभागिता रहनेछ ।

समूह एमा क्षेत्र नम्बर एक बिराटनगर, तीन काठमाडौं, सात जनकपुर र क्षेत्र नम्बर ८ पोखरा छन् भने समूह बीमा क्षेत्र नम्बर दुई वीरगञ्ज, चार भैरहवा, पाँच नेपालगञ्ज, छ वैतडी र नौं कञ्चनपुर छन् ।

खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र पुल्चोक इन्जिनियरिङ कलेजको मैदान पुल्चोकमा हुनेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय