१० फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड लिडर चेल्सीबराबरीमा रोकिँदा म्यानेष्टर सिटीले भने सिजनकै ठूलो जित पारेको छ । यससँगै दोस्रो स्थानमा रहेको सिटीले चेल्सीसँगको अंक दुरी ५ मा झारेको छ ।
शनिबार राति भएको खेलमा रेलिगेशन जोनमा रहेको बार्नेलीले बार्नेलीले १० खेलाडीमा सिमित चेल्सीलाई १–१ को बराबरीमा रोकेको हो ।
खेलमा चेल्सीले १४ औं मिनेटमा इभानोभिचको गोलबाट अग्रता लिएको थियो । तर, ७० औं मिनेटमा नेमान्जा माटिकले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सिमित भयो ।
खेलको ८१ औं मिनेटमा बेन मीइले बार्नेलीका लागि बराबरी गोल गरे ।
अर्को खेलमा सिटीले न्यूक्यासलमाथि ५–० को जित निकालेको छ । यो सिटीले सिजनमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो ।
उसका लागि डेभिड सिल्भाले दुई गोल गरे भने सर्जिओ एग्युरोल, समिर नासरी र इडेन जोकोले १–१ गोल गरे ।
जितपछि सिटीको २६ खेलबाट ५५ अंक भएको छ भने समान खेलबाट ६० अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ ।
अर्को खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको छ । आर्सनलका लागि सान्टी क्याजोला र जिरउडले गोल गरे ।
म्यानचेष्टर युनाइटेड भने स्वान्सी सिटीसँग २–१ ले पराजित भएको छ ।
आर्सनल ४८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने युनाइटेड ४७ अंकका सात चौथो स्थानमा झरेको छ ।
प्रतिक्रिया 4