सशस्त्र प्रहरी र डाँगीहाट सेमिफाइनलमा
३० चैत, मोरङ । केराबारी गाविसको देवीझोडामा पूर्वज्योति क्लवद्वारा आयोजित खुल्ला नकआउट भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पकली सुनसरी र डाँगीहाट भलिबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको प्रतियोगितामा सगुन भलिबल क्लब झापालाई लगातारको दुई खेलमा पराजित गर्दै सशस्त्र प्रहरी सेमी फाइनलमा प्रवेश गरेको हो ।
त्यसैगरी विराट हेल्थ कलेज बिराटनगरलाई पराजित गर्दै डाँगीहाट पनि सेमीफाइनल खेलमा प्रवेश गरेको छ ।
मंगलबारको सेमीफाइनल खेलमा गोल्डेन फ्युचर भलिबल टिम बेलबारी र डागिहाट बीच कडा प्रतिश्पर्धा हुने भएको छ । त्यसैगरी उर्लाबारी भलिबल क्लब र सशस्त्र प्रहरी बीच प्रतिस्पर्धा हुने छ ।
बुद्ध माविको प्राङ्गणमा भइरहेको प्रतियोगिताका लागि सिद्धार्थ इङ्लिश स्कूल, खोर्साने , देवीझोडा सामुदायिक वन समूह केराबारी, सिंहदेवी सामुदायिक वन समुह केराबारी र बेलबारी सामुदायिक नोवेल अस्पतालले सहप्रायोजन गरिरहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र द्वितीय हुनेलाई १५ हजार पुरस्कार राखिएको छ । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, पाँचथरका गरी जम्मा १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतिक्रिया 4