+

बार्सिलोनाले बार्यन म्युनिख प्रतिद्वन्द्वी पायो

२०७२ वैशाख  ११ गते १७:४५ २०७२ वैशाख ११ गते १७:४५
बार्सिलोनाले बार्यन म्युनिख प्रतिद्वन्द्वी पायो

Barcelona-Vs-bayern-munich

११ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा बार्सिलोनाले पेप ग्वार्डिआलाको बार्यन म्युनिख प्रतिद्वन्द्वी पाएको छ ।

शुक्रबार भएको ड्रमा साविकको विजेता रियल मड्रिडले भने १२ वर्षपछि सेमिफाइनलमा पुगेको इटालियन क्लब युभेन्टस प्रतिद्वन्द्वी पाएको छ ।

पहिलो लेग मे ५ र ६ तारिखमा मा हुनेछ ।

बार्यनका प्रशिक्षक ग्वार्डिआलाले बार्सिलोनामा रहँदा चार वर्षमा १३ उपाधि दिलाएका थिए, जसमा २००९ र २०११ को च्याम्पियन्स लिग समेत छ ।

गत सिजन भने उनको प्रशिक्षणमा रहेको बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो । उक्त सिजन रियल मड्रिड च्याम्पियन बन्यो ।

बार्सिलोना भने एथलेटिको मडि्रडसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

सन् २०१२/१३ को सिजनमा बार्यन म्युनिख र बार्सिलोना सेमिफाइनलमा भिडेका थिए, जसमा जर्मन क्लब समग्रमा ७-० ले विजयी भयो । उक्त सिजन बार्यनले उपाधि उचालेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय