+

पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले सम्मानित

२०७२ माघ  २ गते १८:५२ २०७२ माघ २ गते १८:५२
पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले सम्मानित

YB-ghale

२ माघ, काठमाडौं । राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर) नगदसहित सम्मानित भएका छन् ।

फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले वाषिर्क खेलकुद दिवसका अवसरमा शनिबा घलेलाई सम्मान गरेको हो । घलेलाई सम्मान पत्र र नगद १० हजार प्रदान गगरिएको छ ।

करिब १० वर्ष राष्ट्रिय फुटबल टोलीमा आबद्ध घलेले १९८२ मा भारतको दिल्लीमा भएको एसियाली खेलकुदको फुटबलमा गरेको गोल नै नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल मानिन्छ । १९८४ मा काठमाडौंमा भएको पहिलो साफको फुटबलमा नेपालले स्वर्ण जित्दा घले पनि टोलीका हिस्सा थिए ।

५८ वर्षका घलेले विश्व कप, ओलम्पिक छनोटलगायत थुप्रै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । घले प्रख्यात ‘भिक्टोरिया क्रस’ बाट विभूषित स्व. गजे घलेका छोरा हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय