+
+

चन्दा उठाउन बाबुराम भट्टराईले घरदैलो गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २ गते २०:५३

Baburam-bhattrai

२ वैशाख, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक सहयोग संकलनका लागि घरदैलो कार्यक्रम नै गर्ने भएको छ ।

जेठ अन्तिममा राष्ट्रिय भेला गर्ने तयारीमा रहेको नयाँ शक्तिले आर्थिक सहयोग माग्दै सार्वजनिक अपील नै जारी गरेको छ । पार्टीको नियमित कामका लागि आवश्यक रकम सदस्यहरुबाटै जुटाउने भएपनि संक्रमणकालीन व्यवस्थापन र राजनीतिक अभियान सञ्चालनका लागि आर्थिक सहयोग आवश्यक परेको भट्टराईद्धारा जारी अपीलमा उल्लेख छ ।

भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक सहयोग संकलन (चन्दा उठाउन)का लागि कम्तिमा ५ जनाको समूह बनाएर घरदैलो कार्यक्रम नै गरिने बताएको छ । आर्थिक सहयोग लिएपछि रसिच दिइने र पारदर्शी हुने भन्दै उसले भनेको छ, ‘यो रकम कुनै व्यक्तिगत प्रयोजन र स्वार्थमा खर्च गरिने छैन ।’

तर, १० हजारभन्दा बढी आर्थिक सहयोग भने बैंक चेकबाट मात्र लिइने अपीलमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?