२२ बैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले ३२ जना कर्मचारीको माग गर्दै अावेदन खुलाएको छ । १६ जना विमान परिचारिका(एयर होस्टेज) र १६ जना विमान परिचारक(क्याबिन क्रु) का लागि निगमनले बुधबार सार्वजानि सूचना नै प्रकाशित गरेर अावेदन खुल्ला गरेको हो ।
इच्छुक अावेदकले १ हजार रुपैंयाँ दस्तुर तिरेर निगमको केन्द्रिय कार्यालयमा १५ दिनभित्र अावाेदन फारम बुझाउनु पर्नेछ ।
के के छन् योग्यता ?
निगकमले खुलाएको यो जागिरका लागि प्लस टु उतिर्ण गरेका १६ देखि २५ बर्ष उमेर समुहका युवा युवतीले आवेदन दिन सक्ने छन् । निगमनले जागिरका लागि केही योग्यता पनि सार्वजानिक गरेको छ, जसअनुसार विमान परिचारक र परिचारिकाका लागि निगमले उचाइको योग्यता समेत तोकेको छ ।
परिचारकको उचाई न्युनतम ५ फिट ६ इञ्च हुनुपर्नेछ भने परिचारिकाको उचाई ५ फिट २ इञ्च हुनु पर्नेछ । त्यस्तै, अनुहारमा दाग नभएका र युनिफर्म लगाउँदा देखिने भागमा ट्याटु तथा खत नभएकाहरुले प्राथमिकता पाउने निगमले जनाएकाे छ ।
व्यक्तित्व परिक्षण, लिखित परिक्षा, शारिरिक तथा स्वास्थ्य परिक्षण र अन्तवार्ता बिधिद्धारा छनोट गरिने निगमले जनाएको छ । छनाेटमा परेकाहरुलाई ट्रेनी विमान परिचारक÷परिचारिकाको तालिममा सहभागी गराइनेछ र सो तालिममा सहभागी भई नागरिक उड्डयन प्राधिकरणको परिक्षा पास गर्नेहरुलाई पाँच बर्षका लागि जागिर उपलब्ध दिनेछ ।
प्रतिक्रिया 4