करिब १ बर्षपछि ‘मेरी प्यारी विन्दु’ चलचित्रबाट बलिउड नायिका परिणिती चोपडा पर्दामा देखिदैछिन् । परिणितीले शरीर घटाएपछि पर्दामा आउन लागेकी हुन् । उनी अब साउथ चलचित्रमा पनि देखिने तयारीमा छिन् ।
साउथका सुपरस्टार महेश बाबुलाई लिएर निर्माण हुन लागेको नयाँ चलचित्रमा परिणिती मुख्य नायिकाको रुपमा देखिने चर्चा छ । तर, परिणितीले यो चलचित्र खेल्नु भन्दा पनि यसका लागि लिएको पारिश्रमिकले धेरैको ध्यान तानेको छ ।
ए.आर.मुरुगादाँसको नयाँ चलचित्रमा महेश बाबु र परिणितीको जोडी देखिनेछ । यो चलचित्रका लागि बलिउड सुन्दरीले साढे ३ करोड पारिश्रमिक मागेकी छिन् ।
उनले महंगो पारिश्रमिक लिन लागेपछि यसको बजेट पनि बढेको छ । यो चलचित्र तेलुगु र तमिल भाषामा पनि बन्नेछ । हिन्दी भाषामा पनि यो चलचित्र डब हुनेछ । यसको बजेट ९० करोड लाग्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4