+
+

वेल्सको सामना गर्न निकोटिन र कफीनको ककटेल लिँदै भर्डी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १ गते १७:१०

Verdy

जेमी भर्डी निकोटिन र कफीनको ककटेल लिएर युरो कपमा वेल्सविरुद्ध मैदान उत्रने तयारी गर्दैछन् ।

इंग्ल्याण्डका फुटबलर अफ दि इयर बुधबार ट्रेनिङका लागि चान्टेली पुग्दा आश्चर्यजनक ककटेलका साथमा देखिए । उनको एउटा हातमा निकोटिन युक्त चुइगमको बट्टा थियो भने अर्को हातमा रेडबुल ।

तर, भर्डीले कुनै डोपिङ अपराध गरेका छैनन् । दुबै वल्र्ड एन्टी डोपिङ एजेन्सीको अनुगमन सूचीमा छ र, प्रतियोगिताका क्रमामा प्रयोग गरे प्रतिवन्ध लगाउने सूचीमा राख्नेबारे बहस भइरहेको छ ।

फुटबल प्रवक्ताले भर्डी एन्टी डोपिङ रेगुलेसनमा सही ट्रयाकमा रहेको बताएका छन् । साथै इंग्ल्याण्डको मेडिकल स्टाफलाई आफ्नो आदतबारे जानकारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?