+

सानिमा बैंकले क्रिकेटर सन्दिपलाई गर्‍यो प्रायोजन

२०७३ असार  २४ गते १७:३३ २०७३ असार २४ गते १७:३३
सानिमा बैंकले क्रिकेटर सन्दिपलाई गर्‍यो प्रायोजन

Sandip-Lamichhane
२४ असार,काठमाडौं । सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत सानिमा बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्ने भएको छ ।

एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर लामिछानेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । लामिछानेले लेग ब्रेक बलिङ स्टाइलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

उनीले बंगलादेशमा सम्पन्न आईसीसी अण्डर १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘वल्र्ड ड्रिम टिम’ मा स्थान बनाएका थिए । प्रमुख कार्यकारी दाहालले सम्पूर्ण लामिछानेलाई प्रयोजन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय