+
+

प्रधानमन्त्री ओलीको प्रश्नः सरकारले कहाँ गल्ती गर्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ९ गते १८:३४

PM-KP-Oli

९ साउन, काठमाडौं । आफ्नाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जवाफ दिइरहेका छन् ।

संसदको रोष्टममा उभिएर जवाफ दिने क्रममा आफ्नो नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरे । उनले सरकारले कहाँ सरकारले कहाँ गल्ती गर्‍यो ? भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा काम गरेर भन्ने आरोपको कुनै आधार छ ? भनेर प्रश्न गरेका छन् । सीमांकन विवाद सम्बोधन गर्न राजनीतिक समिति गठन गरेको भन्दै उनले क्षेत्राधिकार विवाद टुंग्याउने तत्परता र व्यक्ति विशेषप्रति पूर्वाग्रह नराखेको भए अहिले नै समस्या समाधान भइसक्ने थियो भनेका छन् ।

उनले अघि भने, कहिले पत्रचारको भाषा त अहिले मोर्चा कि गठवन्धनको विवाद झिक्ने काम भयो ।’ यसमा प्रमुख विपक्षी कांग्रेसले विरोधाभाषपूर्ण व्यवहार देखाएको आरोप समेत लगाएका छन् ।

हेर्नुस् प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?