+

डिफेण्डर मामादोउलाई बेच्ने लिभरपुलको तयारी

२०७३ भदौ  ७ गते १५:३४ २०७३ भदौ ७ गते १५:३४
डिफेण्डर मामादोउलाई बेच्ने लिभरपुलको तयारी

Mamadou-sakho

इंग्लिस क्लव लिभरपुलले आफ्ना डिफेण्डर मामादोउ साखोलाई लोनमा छाड्ने तयारी गरेको छ । दुई महिनापछि चोटमुक्त भएका साखो मैदानमा फर्कन संघर्षरत छन् ।

चोटका कारण गत सिजन सकिएलगत्तै साखो मैदान बाहिर नै रहे । पि्र-सिजनको सुरुवाती दिनमै उनलाई एचसिएल इन्ज्यूरी भएको थियो । तर उनी चोटमुक्त हुँदै सोमबारदेखि मैदान फर्किएका थिए ।

दुई महिना मैदान बाहिर भइसकेपछि, लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपको टोलीमा उनको उपस्थितिबारे सन्देह देखिएको छ । लिभरपुलले सेन्टर डिफेण्डरको रुपमा यसै सिजन जोल माटिप र रग्नार क्लाभानलाई अनुबन्ध गरेको छ ।

लिभरपुलको अमेरिका भ्रमणको सुरुवाती दिनमै क्लोपले साखोलाई घर फर्काएका थिए । उनले क्लवको सामान्य नियम उल्लंघन गरेको आरोप त्यतिबेला लागेको थियो । प्रशिक्षकसँगको बिगि्रएको सम्बन्धका कारण पनि लिभरपुलले उनलाई क्लवमा राखिराख्न उचित ठानेको छैन ।

साखोले लिभरपुलसँग गत सेप्टेम्बर महिनामा पाँच बर्षको सम्झौता गरेका थिए । अहिले क्लव आँफै सम्झौता अन्त्य गर्ने मनासायमा पुगेको छ । यद्यपी उनको नियमित प्रदर्शन र स्तरको आधारमा भविश्यमा निर्णय लिइने क्लवको भनार्इ छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय