+
+

नायिका वर्षासँग डेटिङ जाने अबसर

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३ गते १२:१०

Barsha Raut (2)काठमाडौं । चलचित्र जात्राले दर्शकलाई नायिका वर्षा राउतसँग डेटिङको ब्यबस्था मिलाउने भएको छ । कार्तिक २६ गतेवाट प्रर्दशनमा आउन लागेको चलचित्र दर्शकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ ।

हजार समाऔँ, लाख कमाऔँ अफर सार्वजनिक गर्दै सोहि चलचित्रको कलाकारसँग डेडिङको अफर गरेको हो । जात्रा नेपाली फिल्म फेसबुक पेज लाइक गरेर जो कोहिले उक्त अफर लिन सक्नेछन् । जात्रा फिल्मको अफिसियल पेजमा रहेको छोटो भिडियोबाट क्लीक गरेर हजारको नोट समाएर यो अफरमा सहभागि हुन सकिने निर्देशक प्रदिप भट्टराईले बताए । उपहार जित्नलाई हजारको नोट समाएर सोहि भिडियोको कमेन्टमा स्क्रीनसट पोस्ट गर्नुका साथै उक्त भिडियो फेसबुकमा सेयर समेत गर्नु पर्नेछ ।

यसरी हजार समाउनेमध्येबाट हप्ताको एक जनालाई जात्राको कलाकारसँग डेटिङको व्यवस्था गरिने बताइएको छ । पहिलो हप्ताको विजेताले नायिका वर्षा राउतसँग डेटिङ जान पाउने छन् भने दोश्रो हप्ता प्रेक्षा बज्राचार्यसँग र तेश्रो हप्ता विपीन कार्की (भस्मे) र रविन्द्र सिंह बानीया (हनुमान) सँग भेट्ने अफर गरिएको छ ।

यो सँगै कार्तिक २४ गते हुने पि्रमियरमा हजारको नोट समाएर पोस्ट सेयर गर्ने ५ जना दर्शकलाई बम्पर उपहार प्रदान गर्ने जात्रा टोलीको योजना छ । जसमध्ये एकजनालाई स्मार्ट फोन, एक जोडीलाई पोखरा र अर्को एक जोडीलाई सौराहाको २ रात ३ दिनको टुर प्याकेज दिइने निर्माता रबिन्द्र सिंह बानीयाले बताए । यस्तै, एक जानलाई फिल्ममा मुख्य कलाकार विपीन कार्कीले प्रयोग गरेको इलेक्ट्रोनीक स्कुटर उपहारस्वरुप प्रदान गरिनेछ भने अन्य ५ जनालाई पि्रमीयरमा जात्रा हेर्ने टिकट प्रदान गरिनेछ ।

राजधानीबाट टाढा रहेका दर्शकले कलाकार भेट्ने अफर प्राप्त गरेमा भिडियो च्याट वा फोनबाट भएपनि कुराकानी गराउने फिल्म निर्माण टोलीको योजना छ । फिल्मका निर्माता बानीयाले भने ‘यस अफरका विजेतालाई फिल्म प्रर्दशन हुनु अघि नै उपहार प्रदान गरिने भएकाले ढुक्कसाथ सहभागि बन्न सबैसँग आग्रह गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?