+
+

जब सोनमलाई पहिरनले नै धोका दियो

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १९ गते १३:२७

soonam-kapoor
बलिउडमा पहिरन लगाउन सिपालु नायिकाको कुरा गर्ने हो भने, सोनम कपुरको नाम अगाडि आउँछ । सोनमलाई फेसनमा सजग नायिका भनेर धेरैले चिन्छन् ।
तर, फेसनकी रानी सोनमलाई पहिरनले नै धोका दिएको छ । स्टाइल क्विन सोनम एक अवार्ड कार्यक्रमकको ब्रान्ड भिजन समिटमा सहभागी भएकी थिइन् । उक्त समारोहमा सोनम बहुतै सेक्सी पनि देखिएकी थिइन् ।

उनले पिंक रंगको गाउन लगाएकी थिइन् । उनलाई पहिरनमा आकर्षक त देखिएको थियो, तर पहिरनले जोखिम पनि बढाएको थियो । लामो भएकाले उनको हिलले गाउन कुल्चिएको थियो । जसलाई सम्हालेर स्टेजमा पुगेकी सोनम चिप्लिइन् । सोनमको हिलले उनको गाउनको तल्लो भाग कुल्चिएकाले उनी स्टेजमा असहज महशुश गरिरहेकी थिइन् ।

सोनम आफै निहुरिएर पहिरन मिलाइन् । उनलाई मन्तव्यका लागि आग्रह गरियो । तर, असहज महुशश गरेकी सोनमले केहि पनि नबोली स्टेजबाट तल झरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?