+
+

भूकम्प पीडितलाई पहिलो किस्तामा हालसम्म २७ अर्ब निकासा

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १९ गते १९:२८

१९ मंसिर, काठमाडौं । भूकम्प पीडितलाई घर बनाउने अनुदान स्वरुप हालसम्म २७ अर्ब ३० करोड रुपैयाँ निकासा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई सो रकम निकासा दिएको हो ।

Reconstruction-Authorityसंघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंसिर १९ गतेसम्म ५ लाख ३० हजार ६ सय ४६ घरधनीसँग अनुदान सम्झौता भएको छ । जसमा ४ लाख ४४ हजार ४४ हजार ४ सय ६२ घरधनीको पहिलो किस्ता बैंक खातामा जम्मा भइसकेको छ ।

भूकम्प पीडितलाई तीन किस्तामा ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने गरी कार्यकारी समितिको ३८ औं बैठकबाट निजी आवास पुनर्निर्माण अनुदान वितरण सम्बन्धी कार्यविधिको परिमार्जित मस्यौदालाई अन्तिम रुप दिई मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?