इब्राहिमोभिचको गोलसँगै म्यानचेष्टर युनाइटेड क्वार्टरफाइनलमा
२०७३ फागुन ९ गते ९:२०
९ फागुन, काठमाडौं । ब्लाकबर्नलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले ब्लाकबर्नलाई २-१ गोल अन्तरे पराजित गरेको हो ।
ब्लाकबर्नको घरेलु मैदानमा भएको खेलमा अग्रता भने उसले नै लिएको थियो । १७ औं मिनेटमा ग्राहमले गोल गरे । तर, २७ औं मिनेटमा रासर्फडले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
७५ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले गोल गरे र, म्यानचेष्टर युनाइटेडको क्वार्टरफाइनलमा चेल्सीसँग भेट पक्का गरेको छ । अर्को खेलमा टोटनहृयामले फुलहामलाई ३-० ले हराएको छ । उसको जितमा तीनै गोल हृयारी केनले गरे ।
१६ औं मिनेटमा खाता खोलेका केनले ५१ ऋौं मिनेटमा दोस्रो गोल गरे । उनले ७३ औं मिनेटमा हृयाटि्रक पुरा गर्दै टोलीलाई ३-० को जित दिलाए ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4