+
+

हुलाकी राजमार्ग निर्माणका लागि रेखाङ्कन तयार

रासस रासस
२०७३ फागुन २१ गते ११:१९

२१ फागुन, धनगढी। धनगढी बजार क्षेत्रको कुन ठाउँबाट पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेपछि लामो समयदेखिको अन्योल हट्ने भएको छ ।

प्राविधिकले धनगढी उपमहानगरको मोहना नदीको पुलदेखि वडा नं २ र ८ हुँदै क्याम्पस चोकसम्म हुलाकी राजमार्ग निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेपछि अन्योल हट्ने देखिएको हो । प्राविधिकले अध्ययन सर्वेक्षणपछि राजमार्ग निर्माण गरिने ठाउँको रेखाङ्कन समेत गरिसकेको हुलाकी राजमार्ग आयोजना कैलालीका प्रमुख तुरन्त मण्डलले राससलाई बताए ।

मुख्य बजार क्षेत्र र घना बस्तीबाट राजमार्ग निर्माण गर्दा घरलगायत धेरै संरचना पर्ने भई लागतका दृष्टिमा त्यति उपयुक्त नहुने भएकाले बजारको बाहिरी भाग वडा नं २ र ८ हुँदै क्याम्पस चोक जोड्ने गरी हुलाकी राजमार्गको रेखाङ्कन गरिएको मण्डलले जानकारी दिए ।

रेखाङ्कन गरिएको सो क्षेत्रबाट राजमार्ग निर्माण गर्दा क्याम्पस चोकदेखि मोहना पुलसम्म दुई पुलसहित जम्मा छ किमी लामो राजमार्ग निर्माण गर्नुपर्ने देखिएको छ ।

रेखाङ्कन गरिएको हुलाकी राजमार्गको यो खण्डको स्वीकृतिका लागि हुलाकी सडक आयोजना केन्द्रीय कार्यालयमा पठाइएको छ । स्वीकृत भएर आएपछि आगामी एक दुई महिनामा निर्माण अघि बढ्ने बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?