२७ चैत, गौशाला । महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आज ट्र्याक्टर दुर्घटनामा परि दुई कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा श्रीपुर–८ बस्ने २० वर्षीय मुकेश दास र सोही गाविस–९ बस्ने १९ वर्षीय उदित यादव रहेको प्रहरी कार्यालय रघुनाथपुरले जनाएको छ ।
जिल्लाकै श्रीपुर कविलासाबाट रघुनाथपुरस्थित मरहा खोलामा बाँध बनाउनका लागि ज १त ३३८८ नंको ट्र्याक्टरमा तारजाली पुर्याएर फर्किने क्रममा रघुनाथपुर–५ गोबरहियामा ट्याक्टर पल्टिँदा दुवैको सोही ट्र्याक्टरले किचेर घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक झलक घिमिरेले बताए ।
घटनापछि ट्र्याक्टरका चालक फरार छन् । प्रहरीले घटनास्थलमा पुगी कामदारद्वयको शव ट्र्याक्टरभित्रबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4