+

नेपाल र यमनबीचको फुटबल ७०० दर्शकले मात्र हेर्न पाउने

२०७४ जेठ  २८ गते १५:५८ २०७४ जेठ २८ गते १५:५८
नेपाल र यमनबीचको फुटबल ७०० दर्शकले मात्र हेर्न पाउने

सन् २०१९ मा हुने एसियन कपका लागि छनौट चरण अन्तर्गत नेपाल र यमनबीचको खेल पर्सि हुँदैछ । खेलका लागि यमनको टोली आज काठमाडौं आइपुगेको छ ।

सशस्त्र प्रहरीको मैदान हलचोकमा हुने खेलका लागि जम्मा ७ सय टिकट बिक्री गरिने अखिल नेपाल फुटबल संघले जनाएको छ । स्थान अभाव तथा सानो प्याराफिट भएका कारण थोरै टिकट बिक्री गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

खेल मंगलबार दिउँसो तीन बजेबाट सुरू हुनेछ ।

खेलका लागि टिकटको मूल्य एक हजार तोकिएको छ र सबै टिकट इ-सेवाले मात्र उपलब्ध गराउने एन्फाले जानकारी दिएको छ । टिकटका लागि football.esewa.com.np वा इसेवाका नजिकैको सर्विस सेन्टरमा सम्पर्क गर्न सकिने एन्फाले जनाएको छ ।

एएफसी एसियन कप छनौटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसैको मैदानमा पराजय ब्यहोरेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय