+
+

पूर्वराजा ज्ञानेन्द्रको एनजीओप्लाष्टी गरियो, स्वास्थ्य सामान्य

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ४ गते १२:०५

४ साउन, काठमाडौं । मुटुको उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको एनजीओप्लाष्टी गरिएको छ । मुटुमा समस्या देखिएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।

धमनीमा अवरोध देखिएकाले एनजीओप्लाष्टी गरिएको स्रोतले बतायो । पूर्वराजा शाहको स्वास्थ्य अहिले सामान्य छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने र आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

पूर्वराजा शाहको उपचारमा डा. यादव भट्ट नेतृत्वको टोली संलग्न छ । टोलीमा डा. शिवजीविक्रम सिलवाल, डा. शेखर राजभण्डारी र डा. नमा श्रेष्ठ छन् ।

नियमित स्वास्थ्य जााचको लागि अस्पताल पुगेका शाहलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?