३० साउन, काठमाडौं । एल क्लासिको भिडन्तमा रातो कार्ड पाएका क्रिष्टियानो रोनाल्डोमाथि ४ देखि १२ खेलको प्रतिवन्ध लाग्न सक्ने भएको छ ।
बार्सिलोनाविरुद्ध गोल गरेको दुई मिनेटपछि नै रातो कार्ड पाएका उनले रेफ्रीमाथि धकेलेका थिए । रेफ्रीले आफ्नो म्याच रिपोर्टमा रोनाल्डोले आफूलाई हल्का धकेलेको उल्लेख गरेका छन् ।
अब आर्टिकल ९६ अनुसार रोनाल्डोमाथि ४ देखि १२ खेलको प्रतिवन्ध लाग्न सक्ने मार्काले जनाएको छ ।
स्पेनिस फेडेरशनको नियमअनुसार रेफ्रीलाई तानेमा, धक्का दिएमा आर्टिकल ९६ आकषिर्त हुन्छ ।
यदि रोनाल्डोमाथि ५ वा सो भन्दा बढी खेलको प्रतिवन्ध लागेमा ला लिगासहित स्पेनिस अन्य प्रतियोगितामा पनि लागू हुनेछ ।
प्रतिक्रिया 4