+
+

सुर्खेतको जितेजुवामा पहिलोपटक बस पुग्यो, स्थानीय हर्षित

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ८ गते ९:००

८ कात्तिक, सुर्खेत । भौगोलिक हिसाबले विकट र सानो मानिएको सुर्खेतको चिंगाड गाउँपालिकाको वडा नम्बर २ जितेजुवामा पहिलोपटक बस पुगेको छ ।

मध्यपश्चिमाञ्चल यातायात व्यवसायी समितिको ना४ख ७१४८ नम्बरको बस पहिलोपटक वीरेन्द्रनगरदेखि रानीबासको जितेजुवासम्म पुगेको हो ।

पहिलोपटक बस सञ्चालनमा आएपछि वडा नम्बर २ का अध्यक्ष बुँदे खत्रीसहित स्थानीय नागरिकले गाडी चालक लोकप्रसाद आचार्य र बसलाई फुलमालासँगै अविरले स्वागत गरेका थिए ।

बस संचालनमा आएसँगै घन्टौं हिँडेर मटेला, धरमपोखरा, अबलचिङ पुग्नुपर्ने बाध्यता टरेको भन्दै स्थानीय हर्षित भएका छन् ।

अब दैनिक बिहान ८ बजे वीरेन्द्रनगरदेखि जितेजुवासम्म बस संचालन हुने त्यहाँबाट स्थानीय दुर्गाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार, जितेजुबासम्म बस सञ्चालनमा आएसँगै चिंगाड गाउँपालिकाका बासिन्दालाई मात्रै नभई सिम्ता गाउँपालिकाका घोरेटा, काफलकोटलगायतका स्थानीयलाई पनि यात्रा गर्न सहज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?