+

नेपाली यू-१९ टोली बंगलादेश जाँदै

२०७४ कात्तिक  ९ गते १०:०७ २०७४ कात्तिक ९ गते १०:०७
नेपाली यू-१९ टोली बंगलादेश जाँदै

९ कात्तिक, काठमाडौं । यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ ।

बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ ।

नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरुले बंगलादेशमा खेल्ने इच्छा प्रकट गर्दै पत्राचार गरेको र त्यहीअनुसार कार्यक्रम हुने जानकारी आफूलाई आएको बताए ।

खेल क्रिडा शिखा प्रतिष्ठानमा हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।

यू १९ एसिया कप क्रिकेट आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुँदैछ । त्यसमा एसियाका टेष्ट खेल्ने राष्ट्रहरुसहित आयोजक मलेसिया र नेपाल सहभागी हुँदैछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय