+
+

रसुवामा मध्यराति तनाव, स्थिति नियन्त्रणमा लिन हवार्इ फायर

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ८ गते ९:३२


८ मंसिर, रसुवा । मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि अवस्था तनावग्रस्त बनेको थियो ।  स्थिति नियन्त्रण बाहिर जान लागेपछि प्रहरीले १३ राउण्ड हवाइ फायरिङ नै गर्नुपरेको थियो । हवाइ फायरपछि दुवैतर्फका कार्यकर्ता तितरवितर भएका थिए ।

गएराति तनाव भए पनि अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

प्रजिअ न्याैपानेका अनुसार, मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप प्रहरी परिचालन गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?