+

रियल मड्रिडले पनि बराबरी खेल्यो

२०७४ मंसिर  १७ गते ९:४१ २०७४ मंसिर १७ गते ९:४१
रियल मड्रिडले पनि बराबरी खेल्यो


१७ मंसिर, काठमाडौं । लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको फाइदा उठाउन रियल मड्रिड असफल भएको छ ।

रियलले एल्थेटिको बिल्बाओसँग खेल्नु अघि बार्सिलोनाले सेल्टाभिगोसँग २-२ को बराबरी खेलेको थियो । तर, रियल पनि बिल्बाओसँग गोलरहित बराबरीमै रोकिएको छ ।

करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोको प्रहार बारमा लाग्नु रियल मडि्रडका लागि दुर्भाग्य बन्यो । खेलको अन्तिममा सर्जिओ रामोसले रातो कार्ड पाए । राहुल गार्सिआलाई फल गरेपछि उनले ला लिगामा १९ औं रातो कार्ड पाएका हुन् ।

उसो त गोलरक्षक नाभासले इनाकी विलियम्स र अडुरिजको प्रहारको उत्कृष्ट बचाउ गरेका थिए ।

गत सिजन यही समयमा रियल १४ खेलबाट ३४अंकका साथ शीर्ष स्थानमा थियो । तर, यो सिजन २८ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा छ र लिग लिडर बार्सिलोनाभन्दा ८ अंकले पछाडि छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय