यू-१५ महिला साफको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६-० ले पराजित
२०७४ पुष २ गते १८:१४
२ पुस, काठमाडौं । साफ यू-१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग ६-० गोलको फराकिलो अन्तरको पराजय व्यहोरेको छ ।
प्रतियोगिताको पहिलो खेलमै नेपाली किशोरीहरु घरेलु टोलीसामू निरिह देखिए । नेपालकी मनमाया बिकको उपहार गोलबाट बंगलादेशले १३औं मिनेटमा अग्रता लिएको थियो । २६औं मिमनेटमा मोनिका चक्मा र ३२औं मिनेटमा तोहुरा खातुनले गोल गर्दा नेपालले ३-० ले पछि पर्यो । पहिलो हाफको अन्तिममा अनुचिङ मोगिनीले घरेलु टोलीलाई ४-० को अग्रता दिलाइन् ।
पहिलो हाफमा ४ गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा २ गोल थप्यो । ६९औं र ७२औं मिनेटमा गोल गर्दै खातुनले हृयाटि्रकसमेत पूरा गरिन् ।
आजै भएको भुटान र भारतबीचको खेलमा भारतले ३- ० गोलको जित हासिल गरेको छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4