+

यू-१९ विश्वकपमा भारतीय ओपनर जोडीको कीर्तमानी ब्याटिङ

२०७४ पुष  ३० गते १३:२० २०७४ पुष ३० गते १३:२०
यू-१९ विश्वकपमा भारतीय ओपनर जोडीको कीर्तमानी ब्याटिङ

३० पुस, काठमाडौं । ओपनर तथा कप्तान पृथ्वी श र मञ्जोत कालराले पहिलो विकेटका लागि कीर्तिमान साझेदारी गरेपछि न्युजिल्याण्डमा जारी यू-१९ विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियाबिरुद्ध ७ विकेट गुमाएर ३२८ रनको विशाल योगफल बनाएको छ ।

श र कालराले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दै नयाँ कीर्तिमान बनाए । उनीहरुले सन् २००६ मा भारतकै रोविन उथप्पा र शिखर धवनले बनाएको १७३ रनको कीर्तिमान तोडेका हुन् । भारतका लागि उपकप्तान शुभम गिलले ६३ र अभिशेक शर्माले ८ बलमा २३ रन बनाएपछि भारतले सम्मानित योगफल बनाएको हो ।

शले ९४ रन बनाए भने कालराले ८६ रनको योगदान दिए । बलिङतर्फ अष्ट्रेलियाका ज्याक एडवार्डले विकेट लिए । उनले ९ ओभरमा ६५ रन खर्चेर ४ विकेट लिएका हुन् ।

अहिले अष्ट्रेलियले जवाफी ब्याटिङ गरिरहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय