+
+

डोटीमा आन्दोलनकारी र प्रहरीबीच झडप

रामहरी ओझा रामहरी ओझा
२०७४ माघ ४ गते १५:१८

४ माघ, डोटी । सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै सुरु भएको आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा दोहोरो झडप भएको हो ।

प्रदशर्नकारीले देउवाको जलिरहेको पुत्ला क्षेत्रीय प्रशासन कार्यालयभित्र फालेपछि प्रहरीले प्रदर्शनकारीहरु माथि लाठी चार्ज गरेको थियो ।

प्रहरीले प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा ढुङ्गामुढा गर्दै आगो लगाउन खोजेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले अनलाइनखबरसँग भने, ‘ढुङ्गामुढा भएपछि भिड तितरबितर गर्नका लागि सामान्य बल प्रयोग गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?