+
+

३६ लाखसहित हुन्डीको कारोबारमा संलग्न ४ जना पक्राउ

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ माघ ११ गते १२:४७

११ माघ, विराटनगर । प्रहरीले हुन्डी कारोबारमा संलग्न चारजनालाई ३६ लाख रुपैयाँसहित विराटनगरबाट पक्राउ गरेको छ ।

बिहीबार विराटनगर-११ स्थित कनैया गुप्ताको घरबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

विराटनगर महानगरपालिका ७ का १९ वर्षीय सुदर्शन साह, ११ का २४ वर्षीय निरन्जनकुमार साह, विराटनगर ६ का ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर १७ का २८ वर्षीय साकिब आलम पक्राउ परेका हुन् ।

कनैयाको घरमा सन्तोषकुमार रौनियारले आˆनै कोठामा कार्यालयजस्तो बनाई अबैधरुपमा हुन्डीको कारोबार गरेको प्रहरीको दाबी छ ।

प्रहरीले छापा मारी उनीहरुको कार्यालयबाट ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ, भारतीय एयरटेल कम्पनीको सिम कार्ड र विभिन्न कागजात समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई सम्पत्ति शुद्धीकरण अन्तर्गत मुद्दा चलाइने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?