यम थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘हुर्रे’को ट्रेलर रिलिज भएको छ । फागूण २५ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुँदैछ । चलचित्रमा केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का, विजय बराल, अनुप विक्रम शाही, संगिता नापित लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको ट्रेलरमा नायिका अधिकारीको दोहोरो प्रेम नाटक देखाइएको छ । चलचित्रमा यमकै कथा, पटकथा, संवाद छ । चलचित्रलाई दावा शेर्पा, सोनम लामा बलोन, टिछिरिङ दोर्जे लामाको लगानी छ ।
शिव ढकालले खिचेको चलचित्रमा विक्रम स्वाँरको कोरियोग्राफी छ । चलचित्रमा समावेश ‘ठेकीमा दहि’ बोलको गीत चर्चामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4