Comments Add Comment

प्रदेश ६ मा मुख्यमन्त्रीको शपथ तीन बजे

४ फागुन, काठमाडौं । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको शपथग्रहण शुक्रबार दिउँसो तीन बजेपछि हुने भएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार नै प्रदेश प्रमुखको सचिवालयले शपथको तयारी गरेको थियो । तर, मन्त्रिपरिषद् विस्तार गरेर शपथ लिने गरी शुक्रबार दिउँसोका लागि समय तोकिएको हो ।

मुख्यमन्त्री शाहीले आज केही मन्त्रीहरुसहित शपथ लिने तयारी गरेका छन् । ‘हिजो नै सपथ हुने कुरा थियो तर मन्त्रीसहित सपथ लिने तयारीका साथ आजका लागि सपथको मिति तय गरिएको हो,’ माओवादीबाट निर्वाचित एक सांसदले भने,’आज नै दुई/तीन जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ ।’

स्रोतका अनुसार एमालेले पनि आजै केही मन्त्रीहरु पठाउने तयारी गरेको छ । एमालेबाट प्रकाश ज्वाला, अम्मर थापा, खड्क केसी, दल रावल लगायतको चर्चा छ ।

यस्तै माओवादीबाट नरेश भण्डारी, बिमला केसी र सीता नेपाली मध्यबाट मन्त्री बन्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment