+

फागुन अन्तिम साता मदन भण्डारी गोल्डकप

२०७४ फागुन  ४ गते २०:२४ २०७४ फागुन ४ गते २०:२४
फागुन अन्तिम साता मदन भण्डारी गोल्डकप

४ फागुन, बुटवल । मदन भण्डारी गोल्डकप प्रतियोगिता फागुन अन्तिम साताबाट बुटवलमा हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश ५ को आयोजनामा तेस्रो संस्करणको मदन भण्डारी गोल्डकप फुटवल नकआउट हुने भएको हो ।

फागुन २८ गतेदेखि शुरु हुने प्रतियोगिताको प्रथम पुरस्कार १५ लाख राखिएको छ । दोश्रोलाई साढे ७ लाख उपाउनेछ भने सेमिफाइनलमा पुगेका टिमलाई १ लाख दिइनेछ ।

खेलअबधिभरको प्रत्येक खेलाडीहरुको बिमा ३ लाखको छ । प्रतियोगिताका सम्भावित टीमहरु ए डिभिजनका छन् । प्रतियोगिताको राष्ट्रपति बिद्यादेबी भण्डारीले उद्घाटन गर्ने तय भएको छ ।

बुटवलमा शुक्रबार पत्रकार आयोजित पत्रकार सम्मेलनमा संयोजक नरबहादुर घर्तीले एक करोड दश लाख खर्च अनुमान गरिएको बताए । खेल बुटवलको रामनगर खेल मैदानमा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय