+

नेपालविरुद्ध ब्रेन्डन टेलर र शिकन्दर राजाको शतक

२०७४ फागुन  २० गते १६:४४ २०७४ फागुन २० गते १६:४४
नेपालविरुद्ध ब्रेन्डन टेलर र शिकन्दर राजाको शतक

२० फागुन, काठमाडौं । विश्वकप छनोट खेलमा नेपालविरुद्ध जिम्बाब्वेका दुई खेलाडीले शतक पूरा गरेका छन् । जिम्बाब्वेको क्वीन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेका लागि ब्रेन्डन टेलर र सिकन्दर राजाले शतक पूरा गरेका हुन् ।

शिकन्दरले ६० बल खेल्दा ६ चौका र ६ छक्का प्रहार गरे । ब्रेन्डन टेलरले ९० बलमा शतक पूरा गर्दा  ७ चौका र १ छक्का हाने ।

नेपालविद्धको खेलमा टेलर चौथो नम्बरमा र शिकन्दर पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका थिए ।

नेपालका लागि बसन्त रेग्मीले २, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय