+
+

एसईई गणित विषयको प्रश्नपत्र ‘आउट’

विक्रम रौनियार विक्रम रौनियार
२०७४ चैत १२ गते ११:०६
सांकेतिक तस्वीर

१२ चैत, जनकपुर । धनुषाको फकिरचन्द जनता माध्यमिक विद्यालय बरकुर्वाबाट एसईई गणित विषयको प्रश्नपत्र बाहिरिएको छ । धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले प्रश्नपत्र आउट भएको जानकारीमा आएको र छानविन भैरहेको बताए ।

एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षा भइरहेकोमा परीक्षा सुरु भएको केहीबेरमै ह्वाट्सयपबाट प्रश्नपत्र आउट भएको सार्वजनिक भएको थियो ।

प्रश्नपत्र आउट भएको बारेमा केन्द्राध्यक्ष बैजु साहले भने अस्वीकार गरेका छन् । परीक्षा सुरु भएको केहीबेरमै परीक्षा केन्द्रबाट मोबाइल फोन गरी प्रश्नपत्र आउट भएको थियो ।

जिल्ला शिक्षा अधिकारी खड्काको अनुसार परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक भित्र गार्डहरुलाई समेत फोन प्रयोग गर्न नदिएको भन्दै सहायक शिक्षा अधिकारी मेहिलाल यादवको टोलीलाई परीक्षा केन्द्रमा छानविनको लागि पठाइएको जानकारी दिए । टोली परीक्षा केन्द्र पुगेको र फर्किएपछि थप कुरा बाहिर आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?