+
+

३२ जिल्लाका १७७ वनमा आगलागी

रासस रासस
२०७४ चैत १३ गते १३:४३

१३ चैत, काठमाडौँ ।  गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ ।

वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी, सर्लाही, सिरहा, सुर्खेत, तनहुँ, तेह्रथुम र उदयपुरका वनमा आगलागी भएका हुन् ।

विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले हिउँद यामसँगै हावाहुरी र गर्मीले धेरै वनमा आगलागी हुने गरेको जानकारी दिए । ‘देशभर कति हेक्टरमा आगलागी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ,’, उनले भने ।

गत आर्थिक वर्षमा विभिन्न जिल्लाका तीन लाख ५० हजार हेक्टरमा आगलागी भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?