+

बार्यनका प्रशिक्षकले दिए रियल मड्रिडलाई चेतावनी

२०७४ चैत  २० गते १४:०४ २०७४ चैत २० गते १४:०४
बार्यनका प्रशिक्षकले दिए रियल मड्रिडलाई चेतावनी

२० चैत, काठमाडौं । बार्यन म्युनिखका प्रशिक्षक जप हिनिक्सले आफ्ना खेलाडी रोबर्ट लेवान्डोस्कीमाथि आँखा नलगाउन रियल मड्रिडलाई चेतावनी दिएका छन् ।

पछिल्लो समय रोवान्डोस्की रियल मडि्रड जाने चर्चा चलेको छ । लेवान्डोस्कीले मड्रिडका प्रतिनिधिसँग धेरै पटक कुराकानी गरेको र बार्यन छाड्न तयार भएको बताइएको छ ।

तर, हिनिक्सले उनी विक्रीमा नरहेको भन्दै लेवान्डोस्कीका लागि समय बर्बाद नगर्न रियल मड्रिडलाई भनेका छन् ।

जर्मन क्लब बार्यनले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा नेपाली समयअनुसार बुधबार राति साढे १२ बजे स्पेनिस क्लब सेभिल्लाको सामना गर्दैछ । यस्तै उही समयमा स्पेनिस क्लब रियल मडि्रडले इटालियन क्लब युभेन्टसविरुद्ध खेल्दैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय