+
+

रुपन्देही कांग्रेस पदाधिकारीमा तीन जना मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ६ गते १३:१४


६ वैशाख, बुटवल । नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । भैरहवामा बसेको बैठकले जिल्ला कार्यसमितिमा रिक्त पदाधिकारीहरु मनोनित गरेको हो ।

बैठकले उपसभापतिमा फणेन्द्र शर्मा, सचिवमा हरिप्रसाद काफले र सहसचिवमा सुनिल मरासिनीलाई मनोनित गर्ने निणर्य गरेको छ ।

पार्टी सभापति अब्दुल रज्जाकको प्रस्तावमा जिल्ला समितिले पदाधिकारी नियुक्ति गर्ने निर्णय गरेको सचिव रामकृष्ण खाँडले जानकारी दिए ।

पदाधिकारी मनोनित गर्दा समावेशी नभएको भन्दै क्षेत्र नम्बर २ का सभापति हरि लम्साल, ३ का सभापति मातृका यादव, जिल्ला सदस्य बिष्णु थापा र गोबिन्द लम्सालले असहमति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?