ललितपुरमा अन्तर विद्यालय ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता सम्पन्न
२०७५ जेठ ५ गते १२:०५
६ जेठ, काठमाडौं । ‘सकारात्मक परिवर्तनका लागि खेल’ भन्ने नाराका साथ ललितपुर जिल्लामा पहिलो पल्ट छात्र तथा छात्रा दुवैलाई एउटै समूहमा सामेल गरी अन्तर विद्यालय ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता गरिएको छ ।
जिल्लाको छम्पी तथा आदर्श शौल स्रोत केन्द्रका ९ विद्यालय सम्मिलित सो प्रतियोगितामा १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । १ जेठदेखि शुरु भएका प्रतियोगिता ५ दिनसम्म चलेको थियो ।
प्रतियोगिताको फाइनल खेलहरु मध्ये भलिबल प्रतियोगितामा आदर्श शौल विद्यालय प्रथम भयो भने छम्पी देबी विद्यालय दोस्रो स्थानमा भयो । त्यस्तै, ब्याडमिन्टन प्रतियोगितातर्फ त्रिरत्न सहकारी विद्यालय प्रथम भयो भने छम्पी देबी मा.वि दोस्रो भयो ।
ग्लोबल एक्सन नेपालको आयोजना तथा स्थानीय युवा क्लबसँगको समन्वयमा प्रतियोगिता भएको थियो ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4