+
+

तुलसीपुरका विद्यालय तीन दिन बन्द हुने

रासस रासस
२०७५ जेठ २९ गते १९:१५
प्रतीकात्मक तस्वीर

२९ जेठ, दाङ  । तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनसम्म गर्मी बिदा हुने भएको छ ।

शिक्षा समितिको आज बसेको बैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको र अध्यापन कार्यपनि प्रभावकारी नभएकाले बिदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताए ।

उनले वार्षिक विदाबाट कट्टी हुने गरी आगामी असार १ गतेसम्मका लागि बिदा गरिएको पनि बताए । अचानक गर्मी बढ्दा विद्यार्थीलाई असर परेको भन्दै विभिन्न विद्यार्थी संगठन, अभिभावक र सरोकारवालाले विदाका लागि आवाज उठाउँदै आएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?