+

एसिया कपका लागि भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउँदै

२०७५ साउन  २३ गते १५:१५ २०७५ साउन २३ गते १५:१५
एसिया कपका लागि भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउँदै

२३ साउन, काठमाडौं । एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई आउने भएका छन् ।

अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने एसिया कप छनोटका लागि ब्याटिङ तयारी गर्न आफूहरुले देसाईको नाम आईसीसीमा सिफारिस गरेको नेपाली टिमका प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

‘हामीले देसाईको नाम सिफारिस गरेका थियौं । त्यहीअनुरुपमा आईसीसीले स्वीकृत गरेपछि उनी आउने छन् । सम्भवत अगस्ट १५ सम्म उनी आइपुग्छन्’ प्रशिक्षक टमाटाले भने ।

एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।

छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् ।

४३ वर्षका देसाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षक हुन् । उनले गुजरातबाट सन् १९९६ देखि ९७ सम्म एक वर्ष फस्ट क्लास क्रिकेट खेलेका थिए ।

यसअघि पनि नेपाली टिमको ब्याटिङ प्रशिक्षणका लागि भारतबाट नै प्रशिक्षक बोलाइने गरिएको थियो । यसअघि भारतीय प्रशिक्षकहरु मोन्टी देसाई, उमेश पटवाल र सुलक्षण कुलकुर्णीले नेपाली टिमलाई ब्याटिङ सिकाइसकेका छन् ।

नेदरल्याण्ड्समा ऐतिहासिक एकदिवसीय सिरिज खेलेर फर्केको नेपाली टोलीले केही दिनमै एसिया कपको तयारी थाल्ने प्रशिक्षक टमाटाले बताएका छन् । नेदरल्याण्ड्ससँगको दुई खेलको सिरिजमा एक/एक को बराबरी गरेको टोलीमा मनोबल बलियो रहेको प्रशिक्षक टमाटाको भनाइ छ ।

सिरिज सकेर फर्किएपछि प्रशिक्षक टमाटाले आफूहरुको ब्याटिङमा पुरानै समस्या देखिए पनि बलिङ र फिल्डिङ अन्तर्राष्ट्रिय स्तरको भएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

नेपालको अबको लक्ष्य एसिया कपः प्रशिक्षक टमाटा

क्रिकेट नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०