+

प्रिमियर लिगमा चेल्सीको सुखद सुरुआत

२०७५ साउन  २७ गते ७:०७ २०७५ साउन २७ गते ७:०७
प्रिमियर लिगमा चेल्सीको सुखद सुरुआत

२७ साउन, काठमाडौं । चेल्सीले हडर्सफिल्डलाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुआत गरेको छ ।

व्यवस्थापक मारिजियो सारीले गोलकिपर किपा एर्रिजाबालागा र जोर्गिन्होलाई प्रिमियर लिगमा डेब्यू गराएका थिए । यो खेलमा चेल्सीले ३-० को सहज जित निकालेको छ ।

हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३४ औं मिनेटमा कोन्टेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ८० औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३-० ले विजयी भयो ।

चेल्सीले सिजनको सुरुमा नै कम्युनिटी सिल्ड कपमा म्यानचेष्टर सिटीसँग हार व्यहोरेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय