+
+

विश्व कुगं–फु दिवस मनाइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते ९:०५

१० भदौ, काठमाडौं । विश्व कुगं-फु दिवस काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंको कोटेश्वरमा खेलाडीहरुले आफ्नो कलाप्रदर्शन गर्दै रक्तदान गरेर मनाएका हुन् ।

कार्यक्रममा ३ सय जना खेलाडीहरुले विश्वभर खेलिने कुगं-फुको उमेर समूहमा फरक-फरक खेल प्रदर्शन गरेका थिए ।

सो अवसरमा नेपाल कुगं-फु संघका अध्यक्ष सिताराम हुमागाइले खेलकुदका क्षेत्रमा राज्यबाट थप लगानी आवश्यक रहेको बताए । कुगं-फु सबै विद्यार्थीहरुले सिक्नु पर्ने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी प्रदीप वोगटीले आत्मरक्षाका लागि खेलकुदको महत्व अपरिहार्य रहेको जिकिर गरे ।

स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा विदेशी प्रशिक्षक अलिनसरलाह अलिले नेपालले कुगं-फु खेलमा विश्वभर फरक क्षमता राख्न सक्ने बताए ।

स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा ६० जनाले रक्तदान समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?