+
+

कांग्रेस विधानका विवादित विषयमा सहमति खोज्न जिल्ला सभापतिले बनाए समिति

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १२ गते २०:१३

१२ मंसिर, ककनी । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा पार्टीको विधानबारे आएका सुझाव र विवादका विषयमा सहमति खोज्न १७ सदस्यीय समिति गठन गरेका छन् ।

बुधबार नुवाकोटको ककनीमा भएको भेलाले समिति गठन गरेको हो । अधिकांश जिल्ला सभापतिहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको र जिल्ला सभापतिहरुबाट आएको धारणालाई एकीकृत गर्न छुट्टै टिम बनेको नवलपरासीका जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

उक्त समितिमा हरेक प्रदेशबाट दुई जनाका दरले र दुई जना महिला सदस्य रहेका छन् । समितिले बुधबार रातभरमा एकल खालको धारणा बनाएर भोलि बिहान ८ बजे बस्ने बैठकमा आफ्नो राय पेश गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?